dmli

ताजा खबर

सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

यस विभागले नियमित रुपमा आयोजना गर्दै आएको सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम अन्तर्गत प्रदेश नं. २ सरकार र विभागबीचको अन्तर्क्रिया कार्यक्रम यही मिति २०७५।०८।२८ गते शुक्रबारका दिन प्रदेश राजधानी जनकपुरमा उक्त प्रदेशका माननीय मुख्यमन्त्री श्री लालबाबु राउतज्यूको प्रमुख आतिथ्यतामा सो प्रदेशका माननीय मन्त्रीज्यूहरु तथा राज्यमन्त्रीज्यूहरु, मुख्य न्यायाधिवक्ताज्यू, प्रमुख सचिवज्यू तथा सम्पूर्ण मन्त्रालयका सचिवज्यूहरु एवं प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागितामा सम्पन्न गरियो।उक्त कार्यक्रममा विभागका निर्देशक श्री विनोद लामिछानेले आफ्नो प्रस्तुति राखेपश्चात सहभागीहरुको जिज्ञासाको विभागका महानिर्देशक श्री जीवन प्रकाश सिटौलाद्वारा सम्बोधन गरिएको थियो भने प्रमुख अतिथि माननीय मुख्यमन्त्रीज्यूका साथै माननीय भौतिक पूर्वाधार निर्माण मन्त्री जितेन्द्र सोनालले आफ्नो मन्तव्य राख्नुभएको थियो।यसका साथै उक्त प्रदेशका ले मन्तव्य राख्नुका साथै निमित्त प्रमुख सचिव हरि प्रसाद फुयाँलले टिप्पणीकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो।

सम्पर्क

ठेगाना

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
पुल्चोक, ललितपुर

फोन: 977-1-5010277, 977-1-5010225
फ्याक्स: 977-1-5010282

ईमेल: info@dmli.gov.np