dmli

ताजा खबर

"सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण" विषयक साझेदार निकायहरुसँग अन्तर्क्रियात्मक गोष्ठी

नेपाल सरकार

अर्थ मन्त्रालय

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग

पुल्चोक, ललितपुर ।

 

यस विभागको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतको साझेदार निकायसँगको अन्तर्क्रिया कार्यक्रम मिति २०७४।१०।१४ देखि २०७४।१०।१७ सम्म मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा तथा रौतहट जिल्लामा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको क्षेत्रका विभिन्न साझेदार कानुन कार्यान्वयन निकायहरुसँग अन्तर्क्रियात्मक गोष्ठी सम्पन्न गरिएको छ । उक्त कार्यक्रमहरुमध्ये सुनसरी जिल्लाको इनरुवामा मिति २०७४।१०।१४ मा सम्पन्न कार्यक्रमको उद्‍घाटन माननीय अर्थमन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीज्यूले गर्नुभएको थियो भने सो क्रममा उहाँले निर्देशनसहितको शुभकामना मन्तव्य समेत प्रस्तुत गर्नुभएको थियो ।

सबै जिल्लामा सम्पन्न कार्यक्रममा आमन्त्रण गरिएका सहभागीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । विभागबाट खटिएका २ टोलीमध्ये उपमहानिर्देशक श्री गजेन्द्र कुमार ठाकुरले नेतृत्व गर्नुभएको टोलीले सुनसरी, मोरङ र धनुषा जिल्लामा कार्यक्रम सञ्चालन गरेको थियो भने निर्देशकद्वय विनोद लामिछाने र उमेश श्रेष्ठ सहितको टोलीले बारा, पर्सा र रौतहट जिल्लामा कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रमका केही तस्वीरहरु तल राखिएको छ :

IMG_20180128_120200_HDR.jpg

माननीय अर्थमन्त्रीज्यूले सुनसरीको इनरुवास्थित कार्यक्रमको उद्‍घाटनको क्रममा निर्देशनसहितको मन्तव्य राख्नुहुँदै

 

IMG_20180129_093143_HDR.jpg

                  विभागका उपमहानिर्देशक श्री गजेन्द्र कुमार ठाकुरले मोरङ जिल्लाको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै

IMG_20180131_094406_HDR.jpg

                  धनुषा जिल्लाको अन्तर्क्रिया गोष्ठीमा सहभागीहरु

सम्पर्क

ठेगाना

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
पुल्चोक, ललितपुर

फोन: 977-1-5010277, 977-1-5010225
फ्याक्स: 977-1-5010282

ईमेल: info@dmli.gov.np