dmli

ताजा खबर

"सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण" विषयक साझेदार निकायहरुसँग अन्तर्क्रिया कार्यक्रम

यस विभागको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत साझेदार निकायहरु सँगको अन्तर्क्रिया कार्यक्रम यही मिति २०७५।०२।२० देखि २०७५।०२।२६ सम्म पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका सदरमुकाममा सम्पन्न भयो । यस विभागका उप-महानिर्देशक श्री गजेन्द्र कुमार ठाकुरको नेतृत्वमा गएको टोलीले उक्त कार्यक्रम सम्पन्न गरेको थियो । प्रत्येक जिल्लामा सम्पन्न गरिएको कार्यक्रममा तत् तत् जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखका साथै जिल्ला सरकारी वकील कार्यालय, जिल्ला वन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, मालपोत कार्यालय, सशस्त्र प्रहरी बलको जिल्ला स्थित इकाई प्रमुख, आन्तरिक राजस्व कार्यालयका प्रमुख लगायतको उपस्थिति रहेको थियो । उक्तानुसारको कार्यक्रममा विभागका उप-महानिर्देशकले सम्पत्ति शुद्धीकरणको विषयमा प्रस्ट पार्दै सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि भएका कानुनी व्यवस्था तथा तिनका कार्यान्वयनमा साझेदार निकायको भूमिका विषयमा प्रस्तुतीकरण समेत दिनुभएको थियो ।

सम्पर्क

ठेगाना

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
पुल्चोक, ललितपुर

फोन: 977-1-5010277, 977-1-5010225
फ्याक्स: 977-1-5010282

ईमेल: info@dmli.gov.np