dmli

ताजा खबर

समझदारी पत्रमा हस्ताक्षर

 सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निरुत्साहन तथा भ्रष्टाचार निवारणको अन्तर्राष्ट्रिय दायित्त्व पूरा गर्न तथा भ्रष्टाचार गरी आर्जित सम्पत्तिलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निरुत्साहित गरी दिनानुदिन आफ्नो आयतन र दायरा बढाउँदै लगेको भ्रष्टाचारको जालोलाई सम्पत्ति शुद्धीकरण एवं प्रचलित कानुनमा भएको सजायको व्यवस्था कार्यान्वन गर्न तथा भ्रष्टाचार निवारणको राष्ट्रिय लक्ष्यमा सहयोग पुर्‍याउन त्यस्ता कसूरहरुको बारेमा दुई निकायका बीच सूचना आदानप्रदान, प्रभावकारी विश्लेषण र अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यस विभागबीच मिति २०७५।०८।१२ गते समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।उक्त समझदारी पत्रमा आयोगको तर्फबाट सह-सचिव श्री रामेश्वर दंगाल तथा विभागको तर्फबाट महानिर्देशक श्री जीवनप्रकाश सिटौलाले हस्ताक्षर गर्नुभएको छ। 

सम्पर्क

ठेगाना

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
पुल्चोक, ललितपुर

फोन: 977-1-5010277, 977-1-5010224
फ्याक्स: 977-1-5010282

ईमेल: info@dmli.gov.np